तेस्रो सबैभन्दा छिटो ५० अन्तर्राष्ट्रिय टि–२० विकेट लिने खेलाडी बने सन्दिप लामिछाने

डिसी नेपाल
२ फागुन २०७८ १७:०६

काठमाडौं। सन्दिप लामिछानेले ५० औं अन्तर्राष्ट्रिय टि–२० विकेट लिएका छन् । आज जारी आयरल्याण्डविरुद्धको खेलमा जर्ज डकरेलको विकेट लिएपछि सन्दिपको ५० औं टि–२० अन्तर्राष्ट्रिय विकेट पूरा भएको हो । डकरेल कुशल भुर्तेलको हातबाट क्याच आउट भएका हुन् ।

यससँगै सन्दिप लामिछाने सबैभन्दा छिटो ५० टि–२० अन्तर्राष्ट्रिय विकेट लिने खेलाडीको सूचीमा तेस्रो भएका छन् । सबैभन्दा छिटो ५० अन्तर्राष्ट्रिय टि–२० विकेट लिने खेलाडी श्रीलंकाका अजन्था मेन्डिस हुन् । मेन्डिसले २६ खेलमा ५० विकेट पूरा गरेका थिए । यस्तै दोस्रो स्थानमा आयरल्याण्डका मार्क एडाइर छन् । उनले २८ खेलमा ५० विकेट पूरा गरेका थिए । सन्दिपले आज २९ औं खेलमा ५० विकेट पूरा गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *