एलपीएल-६ धनगढीमा सुरु, पहिलो खेलमा सत्यवती विजयी

डिसी नेपाल
२ फागुन २०७८ १९:२०

धनगढी । धनगढीमा विद्यालय स्तरको यू(१९ क्रिकेट प्रतियोगिता, लिटलफ्लावर प्रिमियर लिग(६ ९एलपीएल० सोमबारदेखि सुरु भएको छ ।

लिटलफ्लावर स्पोर्ट एण्ड इभेन्ट्सको आयोजनामा सञ्चालन भएको प्रतियोगिताअन्तरगत उद्घाटन खेलमा कैलालीको अत्तरियास्थित सत्यवती एकेडेमी विजयी भएको छ । आयोजक लिटलफ्लावर बोर्डिङ स्कुललाई ७३ रनले पराजित गर्दै सत्यवती विजयी भएको हो ।

टस जितेर पहिला ब्याटिङ गर्दै सत्यवती एकेडेमी निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ९७ रन जोडेको थियो ।

सत्यवतीका लागि सन्दीप खत्रीले सर्वाधिक ६६ रन बनाए । यस्तै सन्तोष कार्कीले ३३, खगेन्द्र जोशीले ३२ तथा आदील अन्सारीले ३० रनको योगदान दिए । लिटल फ्लावरका प्रकाश जैसी, अनुराग सिंह र सुवास ऐरले समान दुईरदुई विकेट लिए ।

१ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावरले २० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय २४ रन मात्र बनाउन सक्यो । लिटल फ्लावरको ब्याटिङमा कप्तान विपिन रावलले सर्वाधिक ६२ रन बनाए ।

यस्तै नरेन भट्टले २८ रन बनाए । सत्यवती एकेडेमीका नीरज भट्ट र युवराज खत्रीले समान दुईरदुई विकेट लिए भने सन्तोष कार्की, सन्दीप खत्री र सुजन गौतमले समान एकरएक विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच सन्दीप खत्री घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा होलिल्याण्ड स्कुल र एभरेस्ट एकेडेमीबीच हुनेछ, भने दोस्रो खेल गुरुकुल मडियम स्कुल र स्टेपिंगस्कुलबीच हुने छ ।

प्रतियोगिता उद्घाटन धनगढीका उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले उद्घाटन गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *