लुम्बिनी प्रदेशमा मंगलबार सार्वजनिक विदा

डिसी नेपाल
२ फागुन २०७८ २३:५८

दाङ । फागुन ३ गते मंगलबार लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिइएको छ । लुम्बिनी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक विदा दिइएको हो ।आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत देविराम पाठकले प्रदेश स्थापना दिवसका अवसरमा ३ मंगलबार सार्वजनिक विदा दिएको जानकारी दिए ।

यसैबीच लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवस आजदेखि मनाउन शुरु गरेको छ । तीन दिन स्थायी राजधानी दाङमा विभिन्न कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउइने सञ्चार मन्त्रालयले जानकारी गराएको छ ।

कोरोना जोखिमलाई ख्याल गर्दै स्थापना दिवसका अवसरमा कुनै ठूला कार्यक्रम भने नहुने र प्रतिकात्मक कार्यक्रम गरिने सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए ।

स्थापना दिवसकै अवसरमा प्रदेश सरकारले घोषणा गरेका विभिन्न पदक सीमित संख्यामा सहभागी गराएर वितरण गर्ने तयारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *