बुटवलको विकासको नमूना अनुशरण गर्न लायकः सचिव विश्वकर्मा

डिसी नेपाल
३ फागुन २०७८ १९:४५

बुटवल। नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्माले बुटवल उपमहानगरपालिकाको विकासको नमूना नेपालका अन्य नगरपालिकाले समेत अनुशरण गर्नुपर्ने बताएका छन । बुटवलले पछिल्लो समयमा भौतिक पूर्वाधार विकासका साथै शिक्षा, स्वास्थ्य, ब्यापारलगायत क्षेत्रमा उल्लेख्य प्रगति गरेको उनको भनाइ थियो ।
बुटवल उपमहानगरपालिकाले ६३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सचिव विश्वकर्माले बुटवल मुलुककै नमूना नगरको रुपमा चिनिएको बताए । बुटवललाई समृद्ध बनाउने गरी तय गरिएका योजना साकार हुँदै गएको उहाँले उल्लेख गर्नुभयो । पाँचौँ पटक पनि निरन्तर कार्यसम्पादन मूल्याङ्कमा नेपालकै पहिलो स्थानमा आउनु आफँैमा गौरवको विषय भएको र बृहत् बुटवलको अवधारणा महत्वपूर्ण रहेको नेता विश्वकर्माको भनाइ थियो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवल आफैँमा गौरवपूर्ण इतिहास बोकेको सहर भएको उल्लेख गर्दै इतिहासलाई साक्षी राखेर विकासको पथमा निरन्तर अघि बढ्दै गएको बताउनुभयो । उपप्रमुख गुमादेवी आचार्यले लैङ्गिक हिंसामुक्त सहर, मानवताको सहर, सीपयुक्त नागरिक भएको सहर र लगानीमैत्री सहरका रुपमा बुटवललाई पहिचान दिलाउने गरी काम गरिएको उल्लेख गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *