एम्बाप्पेको गोलसँगै पीएसजीले रियल मड्रिडलाई हरायो

डिसी नेपाल
४ फागुन २०७८ ६:४०

काठमाडौं। इन्जुरी समयको अन्तिम मिनेटमा केलीयन एम्बाप्पेले गरेको गोलसँगै पेरिस सेन्ड जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगको पहिलो लेगमा रियल मड्रिडलाई १-० अन्तरले पराजित गरेको छ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसको जितसँगै फ्रेन्च क्लब पीएसजीले भ्रमणकारी स्पेनिस ला लिगा लिडर रियलविरूद्ध महत्त्वपूर्ण तीन अंक पायो। जितसँगै पीएसजी क्वाटर फाइनल नजिक रह्यो। दोस्रो लेग रियलको घरेलु मैदानमा २२ फेब्रुअरीमा हुनेछ।

फ्रेन्छ फरवार्ड एम्बाप्पेले ४ मिनेटको इन्जुरी समयमा बैकल्पिक खेलाडी नेयमारको पास सदुपयोग गर्दै गोल गरे। नेयमार गत नोभेम्बर पछि मैदान फर्किएका हुन्। खेलको ६२औं मिनेटमा पीएसजीले पेनाल्टी गोलबाट अग्रता लिने अवसर गुमायो । अर्जेन्टिनी स्टार लिओनल मेस्सीको प्रहार रियल गोलरक्षकले रोके।

यस अघि खेलमा पीएसजीले पोसेसनमा आफ्नो दबदबा कायम राखे पनि फिनिसिङमा चुक्न पुगेको थियो। रियल भने पूरा समय डिफेन्समा ब्यस्त रह्यो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *