गायक तथा संगीतकार बप्पी लाहिडीको निधन, चर्चित हस्तीहरुले सम्झनामा के भने ?
काठमाडौं। चर्चित गायक तथा संगीतकार बप्पी लाहिडीको निधन भएको छ । ६९ वर्षीय बप्पीले मुम्बइको एक अस्पतालमा अन्तिम सास लिए । बप्पी अब्स्ट्रक्टिभ स्लिप एपनिया (ओएसए) र रिकरेन्ट चेस्ट इन्फेक्सनबाट ग्रसित थिए । बप्पीलाई ओएसएको समस्या विगत एक वर्षदेखि थियो । डा. दीपक नामजोशीले उनको उपचार गरिरहेका थिए । बप्पी विगत २९ दिनदेखि मुम्बइबो जुहूस्थित क्रिटकेयर अस्पतालमा भर्ना थिए । निधनभन्दा १ दिन पहिले १५ फेब्रुअरीमा उनलाई ठिक भएपछि डिस्चार्ज गरिएको थियो ।
Shri Bappi Lahiri Ji’s music was all encompassing, beautifully expressing diverse emotions. People across generations could relate to his works. His lively nature will be missed by everyone. Saddened by his demise. Condolences to his family and admirers. Om Shanti. pic.twitter.com/fLjjrTZ8Jq
— Narendra Modi (@narendramodi) February 16, 2022
अस्पतालबाट विदा भएको एक दिनमै बप्पीको स्वास्थ्य बिग्रियो । उनलाई गम्भीर अवस्थामा फेरि क्रिटकेयर अस्पतालमा लगियो । गएराती करिब पौने १२ बजे बप्पीको निधन भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बप्पीलाई ट्वीटरमार्फत श्रद्धाञ्जली दिएका छन् । उनले लेखेका छन् ‘श्री बप्पी लाहिडी जीको संगीत सर्वागिण थियो । विभिन्न भावनाहरुलाई व्यक्त गर्ने किसिमको थियो । कैयौं पिढीका मानिसहरु उहाँको संगीतमा आफू जोडिएको महसुस गर्छन् । उहाँको हँसिलो स्वभाव सबैलाई याद रहनेछ । उहाँको निधनबाट दुखी छु । उहाँका परिवार र प्रशंशकप्रति समवेदना । ओम शान्ति ।
Bappi Da was so endearing in person. But, his music had an edge. He introduced a more contemporary style to Hindi film music with Chalte Chalte, Suraksha & Disco Dancer.
🕉 Shanti Dada🙏 You will be missed— Ajay Devgn (@ajaydevgn) February 16, 2022
बप्पी लाहिडीको वास्तविक नाम आलोकेश लाहिडी हो । उनले ७०–८० को दशकमा बलिउडमा एकसे एक आइकोनिक गीत दिएका छन् । मिथुन चक्रवर्तीको चर्चित गीत ‘आइ एम अ डिस्को डान्सर’जस्तो चर्चित गीत बनाएका बप्पीलाई त्यसपछि डिस्को किंग भन्न थालिएको थियो । बप्पीले १९७३ मा नन्हा शिकारी फिल्ममा आफ्नो पहिलो म्युजिक स्कोर दिएका थिए । उनको पछिल्लो गीत २०२० मा बागी ३ फिल्ममा थियो ।
Sad news of the passing away of legendary musician #BappiLahiri ji 🙏🏻 he will be fondly remembered for his mesmerising musical compositions which are loved by people of all ages. My condolences to the family. RIP #BappiDa ॐ शान्ति 🙏🏻
— Yuvraj Singh (@YUVSTRONG12) February 16, 2022
Today we lost another gem from the music industry… Bappi Da,your voice was the reason for millions to dance, including me. Thank you for all the happiness you brought through your music. My heartfelt condolences to the family. Om Shanti 🙏🏻
— Akshay Kumar (@akshaykumar) February 16, 2022
Grew up listening your music , Bappi da, you had your own style and always a smiling face . Your music shall play on forever .. OmShanti, Shanti, Shanti. 🙏🏻🕉🙏🏻 pic.twitter.com/Gl5XY3dPwh
— Raveena Tandon (@TandonRaveena) February 16, 2022
Facebook Comment