भन्सार छलेर ल्याएको पाँच लाखका सामग्रीसहित ट्रक चालक पक्राउ

डिसी नेपाल
४ फागुन २०७८ ११:४४
48
Shares

नवलपरासी। भन्सार छली गरेर ल्याइएको समानसहित १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१ का ४१ वर्षीय हिरामणि मिश्र रहेका छन्।

प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लु१क ४६० नंको मिनीट्रकमा लुकाएर ल्याएको अवस्थामा चालकसहित चिनी र रेडबुल पक्राउ गरिएको जानकारी दिए । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को रामग्राम नगरपालिका–१ का ४० वर्षीय पशुपति चमारले चलाएको उक्त सवारीसाधन जाँच गर्ने क्रममा चिउराको भुसले छोपेर ल्याउँदै गरेको बिनाबिलको ५० किलो तौलका १०० बोरा चिनी तथा १५ कार्टुन रेडबुल बरामद गरिएको गिरीले बताए ।

प्रहरीले बरामद गरेको उक्त चिनीको मूल्य रु चार लाख तथा रेडबुलको मूल्य रु ९० हजार पर्छ । बरामद गरिएको सामग्रीसहित ट्रक र चालकलाई महेशपुर भन्सार कार्यालयको जिम्मा लगाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *