संसदमा एमसीसी पेस हुने भएपछि नयाँ बानेश्वरमा बढाइयो सुरक्षाकर्मी
काठमाडौं। प्रतिनिधिसभाको बुधबार बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएको छ। साढे दुई वर्षअघि तत्कालीन केपी ओली सरकारले दर्ता गरेको प्रस्ताव बुधबार बैठकमा पेस गर्न लागिएको हो।

सो प्रस्ताव पेस गरिने भएसँगै नयाँ बानेश्वर क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारमा सहभागी दल माओवादी केन्द्रसहित विभिन्न संघसंगठनले विरोध जनाइरहेका बेला सरकारले प्रस्ताव पेस गर्न लागेको हो।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment