संसद बैठकमा एमाले सांसदको नाराबाजी

डिसी नेपाल
४ फागुन २०७८ १३:३३
652
Shares

काठमाडौं। प्रतिनिधिसभा बैठक सुरु भएलगत्तैै एमाले सांसदहरूले नाराबाजी गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका हुन्।

एमाले विभाजन गराउन सभामुख सापकोटाको भूमिका रहेको र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेसम्म संसद बैठक चल्न नदिने अडानका साथ एमाले सांसदरूले नाराबाजी गर्दै बैठकमा अवरोध गर्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *