नगर विकास कोषको गोरुसिङ्गे खानेपानी तथा सरसफाई आयोजनालाई ऋण सहयोग

डिसी नेपाल
४ फागुन २०७८ २०:२०

काठमाडौ । शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत गोरुसिङ्गे सहरी खानेपानी तथा सरसफाई आयोजना निर्माण, संचालन तथा व्यवस्थापनका लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र गोरुसिङ्गे खानेपानी तथा सरसफाई उपभोक्ता समिति, कपिलबस्तुका अध्यक्ष नरेन्द्रराज टण्डनबीच बुधबार ऋण सम्झौता भएको छ ।

एशियाली विकास बैंकको वित्तिय सहयोगमा संचालित शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत गोरुसिङ्गे सहरी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागि ऋण सम्झौता सम्पन्न भएको हो । बुद्धभूमि नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठ उपस्थितिमा ऋण सम्झौता भएको थियो ।

आयोजना निर्माणको ठेक्का

१९ करोड १० लाख ५७ हजार रुपैयाँमा निर्माण हुने उक्त आयोजनामा नेपाल सरकारको तर्फबाट ७० प्रतिशत अनुदान वापत १३ करोड ३७ लाख , नगर विकास कोषको तर्फबाट २५ प्रतिशत ऋण वापत ४ करोड ७७ लाख ६४ हजार तथा आयोजनाबाट लाभान्वित हुने उपभोक्ताको तर्फबाट ५ प्रतिशत वापत ९५ लाख ५२ हजार व्यहोरिनेछ ।
बुद्धभूमि नगरपालिकाको वडा नं. २ मा सेवा समेटने उक्त आयोजनाबाट निर्माण पश्चात दुई हजार ८ सय ५८ घरधुरीका सोह्र हजार ४ सय ७५ जनसंख्या प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

सम्झौता कार्यक्रममा उपभोक्ता समितिका अध्यक्षले आयोजनालाई सफलरुपमा सम्पन्न गराउन नगर विकास कोष, आयोजना व्यवस्थापन कार्यालय र नगरपालिकाबाट निरन्तर व्यवस्थापकिय तथा प्राविधिक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै आयोजनालाई साथकरुपमा आगडि बढाउने प्रतिवद्धता जनाए।

ऋण सम्झौतामा जमानतकर्ताको रुपमा हस्ताक्षर गरेका बुद्धभूमि नगरपालिकाका नगर प्रमुखले शहरीकरणतर्फ उन्मुख हुदैगरेको बुद्धभूमि नगरपालिकाका लागि आयोजनाको महत्वमाथि प्रकाश पार्दै उक्त आयोजना नगरपालिकाकै हालसम्मकै ठूलो आयोजना भएकोले नमूना आयोजनाकोरुपमा सम्पन्न गर्न नगरपालिकाको सदैव साथ र सहयोग रहेन प्रतिवद्धता व्यक्त गरे । अथै उपभोक्ता समितिलाई सवल बनाउन नगरपालिका प्रतिबद्ध र जिम्मेवार रहेको बतए ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले नगरपालिका क्षेत्रमा निर्माण हुने आयोजनाको दिगो संचालन र व्यवस्थापनमा स्थनीय तहको महत्वपूर्ण भूमिकामाथि प्रकाश पार्दै आयोजना समयमा गुणस्तरीय रुपमा सम्पन्न गर्न उपभोक्ता संस्थाको संस्थागत सुशासनतर्फ ध्यानाकर्षण गराएका थिए ।

कार्यकारी निर्देशक सापकोटाले आगामी दिनमा बुद्धभूमि नगरपालिकासंग शहरी पूर्वाधार, कृषि पूर्वाधार, पर्यटकीय पूर्वाधार, फोहरमैला व्यवस्थापन लगायतका अन्य आयोजनाहरुमा समेत सहकार्य हुने विश्वास व्यक्त गरे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *