अवैध लागूऔषधसहित २० वर्षीय युवक पक्राउ

डिसी नेपाल
५ फागुन २०७८ १०:००

सर्लाही। सर्लाही प्रहरीले अवैध लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिपुर नगरपालिका–६, का २० वर्षीय रवीकुमार साह रहेका छन्।

नेपाल-भारत सीमास्थित मलंगवा नगरपालिका-८, बाट चेक जाचँका क्रममा लागूऔषधसहित प्रहरीले साहलाई पक्राउ गरेको हो । साह लागूऔषध लिएर अटोमा नेपालतर्फ आउँदै थिए । शंका लागेर चेकजाँच गर्दा उनकाे साथबाट लागूऔषध बामद भएकोे जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।

प्रहरीका अनुसार साहको साथबाट नाईट्राभेट ट्याब्लेट ३० पत्ता (९०० वटा), एक बोटल कफ-रेक्स र एक बोटल डाईलक्स–डिसी बरामद भएको हो । पक्राउ परेका साहविरुद्ध कारबाही अगाडि बढाइकाे जिल्ला प्रहरी कार्यलयका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *