बालाजुमा मिनी बसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु
काठमाडौं। काठमाडौंको बालाजुमा मिनीबसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
सडकमा पैदल हिँडिरहेका यात्रुको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी एक महिला रहेकी छिन्।
बालाजुको गंगा हल अगाडि बाटो काट्ने क्रममा विहान ६ बजे मिनीबसले ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुलाई ठक्कर दिएर चालक बस लिएर फरार भएका छन्। ट्राफिक प्रहरीका अनुसार बस र बस चालक फरार रहेको र बस नम्बर पनि खुलेको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment