चार सय केजी अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ

डिसी नेपाल
५ फागुन २०७८ १३:३०

उदयपुर। बेलका नगरपलिका–८ सिरुवानीस्थित सडकबाट प्रहरीले करिब चार सय केजी अवैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय गोकुल राई लगायत ३ जनालाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

बेलका नगरपलिका–८ मा गाँजाको कारोबार तथा ओसारपसार भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले को.१ ज २७६१ नम्बरको महेन्द्र पिकअप गाडी जाँच गर्ने क्रममा लुकाई ल्याउँदै गरेको ४ सय गाजा र गाडीका चालक राई समेत ३ जनालाई पक्राउ गरेको हो । उनको साथबाट नगद ६३ हजार २५ रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *