५७० जना कोरोना सङ्क्रमित थपिए, ६ जनाको मृत्यु

डिसी नेपाल
५ फागुन २०७८ १६:२२

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार ७८९ जनामा परीक्षण गर्दा ५७० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ७ हजार २८ जनामा पीसीआर परीक्षण गरिएकोमा ३६४ जनामा र २ हजार ७६१ जनामा एन्टीजेन परीक्षण गर्दा २०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ६४ हजार ४७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.९ प्रतिशत रहेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९११ पुगेको छ ।

यसैगरी देशमा हालसम्म १६ हजार ६१६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *