२१ लाख डोज कोरोनाविरुद्धको खोप बेलायत सरकारद्वारा नेपाललाई हस्तान्तरण

डिसी नेपाल
५ फागुन २०७८ १७:३५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको खोप प्रदान गरेका छन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख डोज खोप मन्त्री खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

भेटघाट कार्यक्रममा सचिव डा। रोशन पोखरेल, प्रवक्ता डा। संगिता मिश्रालगायत उच्च अधिकारीको उपस्थिति रहेको थियो । भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको दुई सय वर्षभन्दा पुरानो अन्तर्राष्ट्रीय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड महामारीको बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *