पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताः दिवस र पूर्ण अन्तिम १६ मा

डिसी नेपाल
५ फागुन २०७८ १९:०१

काठमाडौं । नेपाली सेनाका दिवस शंकर र नेपाल प्रहरीका पूर्ण बहादुर थापा पुष्पलाल स्मृति र्‍याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

१६औं बरिएता बाहिरको पुरुष एकलमा दिवसले नखिपोटका मिलन राईलाई २१–६, २१–१३ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाएका हुन् । अव दिवसले पूर्णको सामना गर्नेछन् । पूर्णले चितवनका टेकप्रसाद पौडेललाई २१–९, २१–१६ ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टन संघ र नखिपोट यूथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्नेमा सेनाका विवेक चौधरी र ललितपुरका निखिल भट्ट रहेका छन् ।

चौधरीले हुम्लाका दशरथ बुढालाई २१–८, २१–१३ र निखिलले सुर्खेतका अनिल मल्ललाई २१–१९, २१–१९ को समान अन्तरले पराजित गरे । यस्तै साइनोका राजु थापाले पाल्पाका ज्ञानबहादुर रानालाई २१–६, २१–११ले, सेनाका पविन लिनथेपले एपीएफका एसिया जवेगुलाई २३–२१, २१–४ले, सेनाका आयुश्मान नागरीले कैलालीका योगेश खड्कालाई १६–२१, २१–५, २१–१३ ले, कास्कीका भूगोल गुरुङ्गले १६ फिदरका अमन महर्जनलाई २१–१८, २१–२३, २१–१९ले, सेनाका हिमाल चन्दले एपिएफका नवीन सिलवाललाई २१–१०, १३–२१, २१–१३ ले, कास्कीका विधान अधिकारीले सिल्क ग्रुपका आशिष तामाङलाई २१–१५, २१–११ ले, १६ फादरका क्षितिज खनालले कञ्चनपुरका प्रकाश चन्दलाई २१–१८, २१–१६ ले, सेनाका डेभिड थापा मगरले पाँचथरका किरण श्रेष्ठलाई २१–७, २१–१३ ले, साइनोका सुजन थापाले चितवनका छिरिङ लामालाई २१–१४, २१–१२ ले, सिल्क ग्रुपका कबिर के।सी।ले संखुवासभाका सुनिल जंग कार्कीलाई २१–१३, २१–१०ले, नेपाल पुलिसका हिरा राईले कास्कीका बिशन गुरुङलाई १८–२१, २१–१०, २१–१५ ले तथा मोरङका भोजबहादुर गुरुङले सेनाका निशान कटुवाललाई २१–८, २१–७ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको पुरुष युगल ४५ वर्षमाथिको प्रतिस्पर्धामा इमाडोलका तिलकबहादुर बुढाथोकी र मुकुन्द थापाको जोडीले ललितपुरका सुजन खतिवडा र राजेश महर्जनको जोडीलाई २१–१५, २१–१७ ले पराजित गर्दै अन्तिम ३२ को लागि छनौट भएका छन् ।
राजेश राष्ट्रिय च्याम्पियन रसिला महर्जनका पिता हुन् । यस्तै अन्तिम ३२ मा छनौट हुने अर्को जोडीमा क्लब ७ का कर्ण बुढा र एण्डी क्षेत्री रहेका छन् । उक्त जोडीले नखिपोटका मुकेश राई र सूर्य देभ राईको जोडीलाई १८–२१, २१–१६, २१–१८ ले पराजित गरे । अर्को खेलमा खोटाङका बिशन खालिङ्ग र जीवन कुमार राईको जोडीले थेचोका दिवस लबुम र सानबहादुर साम्बाको जोडीबाट वाक ओभर प्राप्त गरे ।

नखिपोटस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष यु १७ एकलको प्रतिस्पर्धामा १६ फादरका अमन महर्जनले देवीनगरका अदिश कार्कीलाई २३–२१, २१–८ ले, गुल्मीका जनिश शेरचनले मोरङका महेश खड्कालाई २१–११, २१–११ ले, एनजेसी डल्लुका स्वयं मानन्धरले संखुवासभाका प्रशान्त श्रेष्ठलाई २१–१६, २१–१२ ले तथा सुनसरीका रोधन राईले १६ फादरका आरुष सिम्खडालाई २१–५, २१–१० ले पराजित गर्दै अन्तिम ३२ मा स्थान बनाउन सफल भए ।

यस्तै कैलालीका शिशिर रानाले कञ्चनपुरका आशिष खत्रीलाई २१–११, २१–३ ले, पाल्पाका संचार तिमल्सिनाले रिभाईभका दीप थिङ्गलाई २१–७, २१–९ले, कपिलवस्तुका राज बर्माले दाङका ज्याती चौधरीबाट र भक्तपुरका विवेक भट्टराईले काठमाडौं ब्याडमिन्टन एकेडेमीका तत्सत ढकालबाट वाकओभर प्राप्त गरे ।

यसैगरी बाँकेका राजेश बिसीले इमाडोल ब्याडमिन्टनका सौर्य महर्जनलाई २१–१६, २१–१५ ले, खोटाङका सिन श्रेष्ठले प्रत्युत्तर थापाबाट वाकओभर, सेनाका डेभिड थापामगरले पाँचथरका किरण श्रेष्ठलाई २१–१३, २१–१३ ले, कपिलवस्तुका अभय महराले १६ फादरका आलोक लामालाई २१–६, २१–६ ले, दाङका अरुण अधिकारीले सुनसरीका प्रसन्न राईलाई २१–११, २१–१९ ले तथा पाल्पाका सुरो तिमल्सिनाले कैलालीका पारस उपाध्यायलाई २१–१५, २१–१३ ले पराजित गर्दै अन्तिम ३२ को यात्रा तय गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *