यूईएफए युरोपा लिग: बार्सिलोना नापोली बराबरी

डिसी नेपाल
६ फागुन २०७८ ६:३२

काठमाडौं। यूईएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लेगमा बिहीबार राति बार्सिलोना र नापोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।

स्पेनिस क्लब बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा बराबरीमा रोकिएको हो । खेलको २९औं मिनेटमा जिएलिन्स्कीको गोलमा भ्रमणकारी इटालीयन टोली नापोलीले अग्रता बनायो।

५९औं मिनेट बार्सिलोनाको फेरान टोरेसले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याए। उनले पेनाल्टीमा गोल गरेका थिए। अब दोस्रो लेग नापोलीको मैदानमा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *