ओमानविरुद्ध ब्याटिङ थालेकाे नेपालले गुमायाे तीन महत्वपूर्ण विकेट

डिसी नेपाल
६ फागुन २०७८ १२:२९
48
Shares

काठमाडौं। आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ थालेकाे छ। घरेलु टोलीबिरुद्ध अल अमेरात क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेकाे हाे।

आठ ओभरमा नेपालले आफ्ना तीन महत्वपूर्ण विकेट गुमाइसकेकाे छ। नेपालले ३९ रन बनाएकाे छ। आजको खेल जितेर विश्वकप छनोटमा सुखद सुरुआत गर्ने दाउमा रहेको नेपालले सुरुवातमै नराम्राे झट्का बेहाेरेकाे छ ।

अहिले दीपेन्द्र एरी र आरीफ शेख क्रिजमा छन्। यसअघि ओमानमै भएको चारदेशीय टी-२० सिरिजमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *