नेपालले दियो ओमानलाई ११८ रनको सामान्य लक्ष्य

डिसी नेपाल
६ फागुन २०७८ १३:२१

काठमाडौं। आईसीसी पुरुष टी– २० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानलाई जितका लागि १ सय १८ रनको सामान्य लक्ष्य दिएको छ ।

अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन जोड्न सक्यो । सुरुवाती ब्याटिङ प्रदर्शन खराब गरेको नेपालले आरिफ शेखले अविजित रहदै सर्वाधिक ३८ रन जोडेपछि नेपालको रन केही सन्तोषजनक अवस्थामा पुगेको हो ।

कप्तान सन्दीप लामिछाने १६ रनमा आउट भए । त्यस्तै ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११,लोकेश बमले १६, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए । ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *