प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबुलकार बन्ने

डिसी नेपाल
६ फागुन २०७८ २२:३४
52
Shares

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल ताप्लेजुङको पाथीभरा मन्दिर जानका लागि केबुलकार निर्माण हुने भएको छ । पर्यटन विकास तथा प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले पाथीभरा देवी दर्शन केबुलकार प्रालिले केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।

सदरमुकाम फुङ्लिङमा आज प्रवद्र्धक कम्पनी पाथीभरा देवी दर्शन केबुलकार प्रालिले स्थानीय सरोकारवालासँग अन्तक्र्रिया गर्दै केबुलकार निर्माणबारे जानकारी गराएको छ । काफ्लेपाटीदेखि पाथीभराधाम जोड्ने गरी केबुलकार निर्माण गरिने भएको छ ।

आगामी वैशाखदेखि केबुलकार निर्माणको काम सुरु गर्ने गरी तयारीलाई अघि बढाइएको प्रालिका कार्यकारी निर्देशक ईश्वरी पौडेलले जानकारी दिए । केबुलकार प्रालिको योजनाअनुसार निर्धारित समयभित्रै परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उनले प्रचलित व्यवस्था साथै सबै पक्षलाई सम्बोधन र समन्वय गरेरै परियोजनाको काम कार्यान्वयन गरिने बताए ।

पाथीभरा क्षेत्रको काफ्लेपाटीदेखि धाम जोड्ने केबुलकारको दूरी २।६ किलोमिटर हुने प्रालिले जनाएको छ । रु तीन अर्ब रुपियाँ खर्च हुने र २२ महिनाभित्र केबुलकार आयोजना सम्पन्न गर्नेगरी विस्तृत अध्ययन प्रतिवेन (डीपीआर) बनेको पनि केबुलकार प्रालिका स्थानीय सम्पर्क व्यक्ति मणिशङ्कर पोमूले बताए ।

केबुलकारको निर्माण संरचना, कार्यान्वयनको प्रकृति, परियोजनाले हुने सामाजिक र आर्थिकसहित समष्टिगत उपलब्धिबारे जानकारी गराउँदै परियोजनाले पर्यटन विकाससँगै ताप्लेजुङवासीलाई धेरै फाइदा पुग्ने प्रालिका परामर्शदाता बच्चुनारायण श्रेष्ठल बताए। ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तारानाथ घिमिरेले जिल्लाको पर्यटन विकासँगै आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने भएकाले चाँडै केबुलकारको काम थाल्नुपर्ने बताए । प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले केबुलकार जस्ता ठूला परियोजनाले विकासमा फड्को मार्ने विषयसँगै स्थानीयवासीलाई धेरै लाभ मिल्ने बताए । साम्सोहाङले नीतिगत व्यवस्थालाई प्राथमिकता दिँदै परियोजना कार्यान्वयनमा ढिलाइ गर्न नहुने धारणा व्यक्त गरे ।

जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले पनि स्थानीय सरोकारवालाको सुझावलाई आत्मसाथ गर्दै प्रभावित क्षेत्रको हितलाई प्राथमिकता दिएर परियोजना कार्यान्वयन गर्नुपर्ने बताए। स्थानीय समुदायको माग, संस्कार, संस्कृति र सभ्यतासहित सामाजिक परिवेशलाई दृष्टिगत गरी प्रभावित क्षेत्रका समुदाय साथै जिल्लावासीका लागि परियोजनाबाट पुग्ने उपलब्धिलाई सुनिश्चित गरी काम अघि बढाउनुपर्नेमा जोड दिए। उनले केबुलकार परियोजना कार्यान्वयन गर्दा प्रवद्र्धक कम्पनीले जिल्लाको पर्यटन विकासका लागि अन्य पूर्वाधारसहितका योजनालाई पनि अघि सार्नुपर्ने धारणा राखे ।

सांस्कृतिक मान्यतामा थोरै प्रभाव पर्ने भए पनि समग्रमा जिल्लाको पर्यटन विकास, आम्दानी वृद्धिसँगै प्रत्यक्षरूपमा फाइदा पुग्ने भएकाले केबुलकार परियोजना कार्यान्वयनमा सहयोग गर्न प्रालिका प्रमुख कार्यकारी अधिकृत स्वदेश गुरुङले सरोकारवाला सबैसँग अनुरोध गरे । हाल पाथीभरामा वार्षिक तीनदेखि पाँच लाखसम्म धार्मिक पर्यटक आउने गरेका छन् भने केबुलकार निर्माण भएमा दोब्बर÷तेब्बरले वृद्धि हुने आकलन गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *