सप्तरीको सप्तकोशी नगरपालिका कार्यालयमा तोडफोड

डिसी नेपाल
८ फागुन २०७८ २१:४१

सप्तरी । तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तरीको सप्तकोशी नगरपालिका कार्यालय तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले आज एक विज्ञप्ति जारी गरी महिला नगर प्रहरीमाथि हातपात र ढुङ्गामुढा गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायत कार्यालयका समान तोडफोड गरेको जानकारी दिएका छन् ।

कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पु¥याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत खेद व्यक्त गरेको छ । सङ्घर्षमा उत्रिएको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले बिहीबार नगरपालिकामा गरेको तालाबन्दी शुक्रबार खोलेपछि आज पुनः ताला लगाउन जाँदा घटना भएको हो ।

प्रदर्शनकारीहरूले सप्तकोसी नगरपालिकाको कोभिडको खर्च र आन्तरिक लेखा परीक्षणको विवरण, राष्ट्रिय मावि फत्तेपुरको भवन निर्माणको ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन खर्च व्यवस्थापनको विवरण उपलब्ध गराउनुपर्ने र आर्थिक वर्ष २०७८र७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजना कार्यान्वयन हुनुुपर्ने माग राख्दै ताला लगाएका थिए । माग सम्बोधन नगरी नगरपालिकाले आफूखुशी ताला खोलेर द्वन्द्व निम्ताएको सङ्घर्ष समितिको भनाइ छ ।

नगर प्रमुख शर्माले वार्ताका लागि पटकपटक बोलाए पनि नआएपछि नागरिक समाज, प्रहरी प्रशासनको रोहबरमा निर्णय गरी ताला खोलेको बताए। सेवा प्रवाह अवरोध हुँदा नागरिकलाई नै मर्का परेकाले सबैको निर्णयबाट ताला खोलिएको उनले बताए ।

माग गरिएको खर्च विवरण नगरपालिकाले एक सातामै तयार पारे पनि लिन बोलाउँदा कोही नआएको जानकारी दिदै नगरप्रमुख शर्माले कार्यपालिका बैठकले निर्णय गरेर आन्दोलनरत पक्षलाइ वार्तामार्फत समस्या समाधान गर्न पटक–पटक मौखिक र अन्तत लिखित रुपमै विवरण लिन बोलाए पनि नआएको जानकारी दिए । वार्ताबाट समाधान हुने परिस्थितीमा कार्यालयमा ढुङ्गामुडा गरी नियोजितरुपमा क्षति पु¥याउनु र जनप्रतिनिधि र कर्मचारीमाथि भौतिक चोट पु¥याउनु निन्दनीय रहेको नगरप्रमुख शर्माले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *