बिरामी आमाको हेरचाह नगरेको भन्दै ३ दाजुभाइले आफ्ना श्रीमतीलाई एकैपटक डिभोर्स दिए

डिसी नेपाल
९ फागुन २०७८ १६:०९

काठमाडौं। आफूहरुकी बिरामी आमाको हेरबिचार नगरेको भन्दै ३ जना दाजुभाइले आफ्ना श्रीमतीहरुलाई एकैपटक डिभोर्स दिएका छन् । डिभोर्स दिने निर्णय उनीहरुले लामो समय सोचेर लिएका थिएनन् । उनीहरुले केही मिनेटभित्रै आ–आफ्ना श्रीमतीहरुलाई छोड्ने निर्णय गरेका थिए । खासमा यी तीनै जना दाजुभाइका पत्नीहरुले उनीहरुकी बिरामी आमाको हेरविचार गर्दैनथे ।

घटना अल्जेरियाको हो । गल्फ न्यूजको एक रिपोर्ट अनुसार महिलाहरु सासुको हेरचाह गर्दैनथे र उनको खानपिनको पनि ध्यान राख्दैनथे । रिपोर्टका अनुसार घटना त्यतिबेला भएको हो जब तीनै जना दाजुभाइ कामबाट घर पुगेका थिए । उनीहरु घर पुग्दा एक छिमेकी महिलाले उनीहरुकी आमालाई नुहाइदिँदै थिइन् । उनीहरुका तीनैवटी पत्नीहरु त्यहाँबाट गायब थिए ।

यो देखेर तीनैजना दाजुभाइको रिसको पारो तात्यो । उनीहरुले आफ्ना पत्नीहरुलाई बोलाए र एक मिनेटभित्रै उनीहरुले आ–आफ्ना पत्नहिरुलाई डिभोर्स दिएर वैवाहिक सम्बन्ध अन्त्य गरे । रिपोर्टका अनुसार वृद्ध महिलाको हेरचाह उनकी छोरीले गर्थिन् । छोरी हप्तामा २ पटक आमालाई भेट्न आउँथिन् । उनलाई नुहाइदिन्थिन् र खाना आदि खुवाउँथिन् ।

तर, यही बीचमा उनका पतिलाई क्यान्सर भयो । त्यसपछि आफ्ना पतिलाई हेरचाह गर्ने जिम्मेवारी थपिएका कारण उनी आमाको हेरचाह गर्न आउन सकिरहेकी थिएनन् । छोरी नआएपछि वृद्ध महिलाको लागि कठिनाइ धेरै बढेका थिए ।

तीनै जना छोराहरुले आफ्ना पत्नीहरुलाई जबसम्म बहिनी आउँदिनन् तबसम्म आमाको हेरचाह गर्न भनेका थिए । तर, उनीहरुले भनेपछि पनि तीनै जना पत्नीहरुले सासुको हेरविचार गर्न मानेनन् । यही कारण रिसाएका तीनै जनाले आ–आफ्ना पत्नीहरुलाई डिभोर्स दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *