५ वर्ष कैद र ६० लाख जरिवानाको सजाय पाएपछि लालु यादवले ट्वीट गरेर के भने ?

डिसी नेपाल
९ फागुन २०७८ १७:१२

काठमाडौं। चारा घोटाला मामिलामा ५ वर्षको जेल सजाय र ६० लाख जरिवानाको सजाय पाएका बिहारका मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवले सजाय सुनाइएलगत्तै ट्वीट गर्दै आफ्नो प्रतिक्रिया दिएका छन् । उनले ट्वीट गर्दै जेलको बारले जनता साथमा भएको व्यक्तिको हौसला तोड्न नसक्ने बताएका छन् ।

लालुका वकिलले उनी यो फैसलाविरुद्ध हाइकोर्ट जाने बताएका छन् । यो मामिलामा अन्य दोषीहरुलाई १५ फेब्रुअरीमै सजाय सुनाइएको थियो । सजाय सुनाइएपछि लालु यादवको ट्वीटर ह्याण्डलबाट ट्वीट गरिएको छ ‘अन्याय असमानतासँग तानाशाही क्रुर सत्तासँग लडेको छु लडिरहनेछु । आँखामा आँखा मिलाएर । सत्य जसको शक्ति हो । जसको साथमा जनता छन् यसको हौसला जेलका बारले के तोड्न सक्छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *