एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा (एस) को निर्णय

डिसी नेपाल
९ फागुन २०७८ १७:२७

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबारको सचिवालय बैठकले प्रतिनिधिसभा संसदमा प्रस्ताव दर्ता भएको एमसीसीको विपक्षमा उभिने र यसै अनुरुपको वातावरण तयार गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

यसबाहेक एमसीसीका कारण पार्टीमा आएका विभिन्न र्चाबारे उनले यसले पार्टी हितकोएकतालाई तोड्न नसक्ने बताए ।

हिजो राष्ट्रिय आवश्यकताको आधारमा सरकार गठन भएको तर, सरकारभन्दा देश ठूलो भएका कारण पार्टीले यो निर्णय गरेको उनको भनाई छ । ‘सरकारमा बस्ने वा बाहिरिने भन्ने कुरा समयले निर्धारण गर्छ । एमसीसीको पक्षमा पार्टी लाग्दैन ।’, खतिवडाले बताए ।

यस लगायत गठबन्धन र अन्य सबै विषयमा आज निष्कर्श ननिस्केका कारण नेकपा (एस) को सचिवालय बैठक भने जारी रहने जानकारी पनि उनले दिए ।

एमसीसी संसदमा दर्ता भएसँगै फागुन १२ को बैठकमा यस सम्बन्धनमा छलफल अगाडि बढ्ने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *