मतदाता नामावलीमा त्रुटी भए सच्याउन के गर्ने ?
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटी भए इमेल\फ्याक्सबाट समेत निवेदन दिन सकिने भएको छ ।
निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिने व्यवस्था रहेकोमा अब त्यस्तो गर्न नपर्ने जनाएको हो ।
आयोगले फागनु ५ को निर्णय अनुसार सबै निर्वाचन कार्यालयलाई परिपत्र गरी इमेल\फ्याक्सबाट समेत उक्त निवेदन लिन सकिने गरी निर्देशन दिइएको जनाएको छ ।
सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment