रुसी राष्ट्रपति पुटिनले युक्रेनमा सेना पठाउने आदेश दिए

डिसी नेपाल
१० फागुन २०७८ १०:३०

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सेना पठाउन आदेश दिउका छन् । गएराती टेलिभिजनमा राष्ट्रको नाममा सम्बोधन गर्दै पुटिनले रुसी सेना पूर्वी युक्रेनमा प्रवेश गर्ने र पृथकतावादी नियन्त्रित क्षेत्रमा शान्ति स्थापनाको कोसिस गर्ने बताए । राष्ट्रपतिको शासनादेश मुताबिक रुसी सेनाले लुहान्स्क र दोनेत्स्कमा शान्ति स्थापनाको काम गर्नेछ ।

राष्ट्रपति पुटिनले पृथकतावादी नियन्त्रित यी दुई क्षेत्रलाई स्वतन्त्र राष्ट्रको मान्यता पनि दिएका छन् । यी क्षेत्र रुस समर्थित पृथकतावादीको नियन्त्रणमा छन् । पुटिनले युक्रेनको आलोचना गर्दै त्यहाँ कठपुतली सरकार रहेको र युक्रेन अमेरिकाको उपनिवेश बनिसकेको आरोप लगाए । राष्ट्रपति पुटिनले युक्रेन असल राष्ट्र भएको कुनै इतिहास नभएको बताउँदै आधुनिक युक्रेनको अहिलेको स्वरुप रुसले बनाएको बताए ।

युक्रेनलाई नेटोमा सहभागी गराउने कुराबारे उल्लेख गर्दै उनले यसलाई रुसको सुरक्षालाई सीधा खतरामा पार्ने कदमको रुपमा परिभाषित गरे । आफ्नो सम्बोधनमा उनले एक पटक फेरि नेटोले रुसको सुरक्षा चिन्तालाई बेवास्ता गरेको कुरा दोहोर्याए । आफ्नो सम्बोधन अन्त्य गर्नुभन्दा पहिले उनले जोड दिएर रुसले पृथकतावादीहरुको नियन्त्रणमा रहेका षेत्रलाई मान्यता दिने बताए ।

उनले चेतावनी दिँदै युक्रेनले विद्रोहीहरुको अड्डामा आक्रमण बन्द गर्नुपर्ने अन्यथा उसले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिए । आफ्नो सम्बोधन सकिएलगत्तै उनले पृथकतावादी नियन्त्रित क्षेत्रलाई मान्यता दिने कागजातमा हस्ताक्षर गरे । युक्रेन र रुसका जानकारहरुका अनुसार यी दस्तावेजमा हस्ताक्षर गरेसँगै अब पुटिनले युक्रेनको विद्रोही नियन्त्रित क्षेत्रमा रुसको सेना पठाउन सक्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *