रुसले युक्रेनमा सेना पठाउने आदेश दिएपछि युक्रेनी राष्ट्रपतिले के भने ?

डिसी नेपाल
१० फागुन २०७८ १०:४८

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्रलाई टुट्टै राज्यको मान्यता दिँदै ती क्षेत्रमा रुसी सेना पठाउने आदेश दिएपछि मंगलबार बिहानै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले आफ्नो सम्बोधनमा रुसको कारवाही युक्रेनको अखण्डता र सम्प्रभुताको उल्लंघन भएको बताए ।

उनले भने ‘हाम्रा सीमाहरु अहिले पनि पहिलेजस्तै छन् र रहिरहनेछन् किनकि रुसको बयानले केही फरक पर्ने छैन ।’ आफ्नो सम्बोधनमा उनले रुसको कारवाहीले शान्तिको दिशामा भइरहेका प्रयासहरु र अन्तर्राष्ट्रिय स्तरमा भइरहेका वार्ता प्रक्रियाहरुलाई असफल बनाइरहेको बताए । उनले जोड दिँदै युक्रेनले शान्ति चाहने र राजनीतिक–कूटनीतिक सम्झौताबाट विवादको हल निकाल्ने कुराको समर्थन गर्ने बताए ।

उनले भने ‘हामी डराउँदैनौं ।’ जेलेन्स्कीले युक्रेन आफ्ना अन्तर्राष्ट्रिय सहयोगी देशहरुले समर्थन र प्रभावी कदम चाल्ने विषयमा पूरा आशावादी रहेको बताए । जेलेन्स्कीले सम्बोधनका क्रममा युक्रेनले कुनै पनि मूल्यमा कसैलाई केही पनि नदिने प्रतिबद्धता व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *