अमेरिकाले युक्रेनमा रहेका सबै कूटनीतिज्ञलाई पोल्याण्ड पठायो

डिसी नेपाल
१० फागुन २०७८ ११:०२

काठमाडौं। अमेरिकी विदेशमन्त्री एन्टोली ब्लिंकनले सुरक्षा कारणलाई मध्यनजर गर्दै युक्रेनमा बाँकी रहेका कूटनीतिज्ञहरुलाई पोल्याण्डको लुभ्यो पठाइएको पुष्टि गरेका छन् । उनले यी कूटनीतिज्ञहरुले पोल्याण्डमा रात बिताउने पनि पुष्टि गरे ।

ब्लिंकनले उनीहरु स्थानी रुपले पोल्याण्ड गएको नभइ युक्रेनमा आफ्नो काम अगाडि पनि जारी राख्नको लागि र आपतकालीन कन्सुलर सेवाको लागि नियमित रुपमा युक्रेन आउने जाने गर्ने बताए । अमेरिकाका एक शीर्ष कूटनीतिज्ञले युक्रेनप्रति अमेरिकी प्रतिबद्धता केवल कुनै स्थान विशेषसम्म सीमित नभएको बताए ।

यो महिनाको सुरुवातदेखि नै अमेरिकाले रुसले कुनै पनि बेला युक्रेनमा आक्रमण गर्न सक्ने बताउँदै आफ्ना नागरिकलाई युक्रेन छाड्न निर्देशन दिएको थियो । ह्वाइट हाउसले आक्रमण हवाइ बमबारीबाट सुरु हुन सक्ने बताएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *