रुसले युक्रेनको केही क्षेत्र कब्जा गरेपछि चीनले संयुक्त राष्ट्रसंघमा के भन्यो ?

डिसी नेपाल
१० फागुन २०७८ ११:३२
8.3k
Shares

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार अबेर राती राष्ट्रका नाममा सम्बोधन गर्दै कैयौं अहम विषयमा टिप्पणी गरे र सम्बोधनपछि उनले एक आदेश पत्रमा हस्ताक्षर गरे । यो आदेश पत्रका अनुसार रुसी सेना युक्रेनका पृथकतावादी नियन्त्रित क्षेत्र लुहान्स्क र दोनेत्स्कमा प्रवेश गर्नेछन् । रुसी सेनाले त्यहाँ शान्ति कायम गर्ने बताइएको छ ।

राष्ट्रपति पुटिनले युक्रेनका २ पृथकतावादी क्षेत्र दोनेत्स्क र लुहान्स्कलाई मान्यता दिएका छन् । यी क्षेत्रको नियन्त्रण रुस समर्थित पृथकतावादीले गर्छन् । यो घोषणा लगत्तै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठक चलिरहेको छ । यो बैठकमा अमेरिकाले रुसप्रति आक्रामक टिप्पणी गरेको छ ।

अमेरिकाले रुसमाथि मिन्स्क सम्झौताको धज्जी उडाएको आरोप लगाएको छ । युक्रेनमा भइरहेका ताजा घटनाक्रमप्रति चीनले सबै तर्फबाट संयम अपनाउन अपिल गरेको छ । बैठकमा चीनले सबै पक्षले संयम अपनाउँदै अगाडि के गर्ने भन्ने विषयमा सोच्नुपर्ने बताएको छ । चीनले यस्ता कुनै पनि कारवाही गर्नबाट बच्नुपर्नेमा जोड दिएको छ जसले यो संकटलाई अझै उग्र बनाउन सक्छन् ।

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूत झांग जूनले चीनले कूटनैतिक समाधानको लागि भइरहेका सबै प्रयासहरुको समर्थन गर्ने बताएका छन् । यसअघि समाचार एजेन्सी रोयटर्सलाई दिएको एक साक्षत्कारमा एक बरिष्ठ अमेरिकी राजदूतले भनेका थिए ‘हामी त्यतिबेलासम्म कूटनीतिक वार्ता गरिरहन्छौं जबसम्म ट्यांक चल्न सुरु हुँदैन ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *