रुसले युक्रेनको केही क्षेत्र कब्जा गरेपछि चीनले संयुक्त राष्ट्रसंघमा के भन्यो ?

डिसी नेपाल
१० फागुन २०७८ ११:३२

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार अबेर राती राष्ट्रका नाममा सम्बोधन गर्दै कैयौं अहम विषयमा टिप्पणी गरे र सम्बोधनपछि उनले एक आदेश पत्रमा हस्ताक्षर गरे । यो आदेश पत्रका अनुसार रुसी सेना युक्रेनका पृथकतावादी नियन्त्रित क्षेत्र लुहान्स्क र दोनेत्स्कमा प्रवेश गर्नेछन् । रुसी सेनाले त्यहाँ शान्ति कायम गर्ने बताइएको छ ।

राष्ट्रपति पुटिनले युक्रेनका २ पृथकतावादी क्षेत्र दोनेत्स्क र लुहान्स्कलाई मान्यता दिएका छन् । यी क्षेत्रको नियन्त्रण रुस समर्थित पृथकतावादीले गर्छन् । यो घोषणा लगत्तै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठक चलिरहेको छ । यो बैठकमा अमेरिकाले रुसप्रति आक्रामक टिप्पणी गरेको छ ।

अमेरिकाले रुसमाथि मिन्स्क सम्झौताको धज्जी उडाएको आरोप लगाएको छ । युक्रेनमा भइरहेका ताजा घटनाक्रमप्रति चीनले सबै तर्फबाट संयम अपनाउन अपिल गरेको छ । बैठकमा चीनले सबै पक्षले संयम अपनाउँदै अगाडि के गर्ने भन्ने विषयमा सोच्नुपर्ने बताएको छ । चीनले यस्ता कुनै पनि कारवाही गर्नबाट बच्नुपर्नेमा जोड दिएको छ जसले यो संकटलाई अझै उग्र बनाउन सक्छन् ।

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूत झांग जूनले चीनले कूटनैतिक समाधानको लागि भइरहेका सबै प्रयासहरुको समर्थन गर्ने बताएका छन् । यसअघि समाचार एजेन्सी रोयटर्सलाई दिएको एक साक्षत्कारमा एक बरिष्ठ अमेरिकी राजदूतले भनेका थिए ‘हामी त्यतिबेलासम्म कूटनीतिक वार्ता गरिरहन्छौं जबसम्म ट्यांक चल्न सुरु हुँदैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *