अस्ट्रेलियाले युक्रेनबाट आफ्ना सबै कूटनीतिज्ञ निकाल्यो, भारतले एयर इण्डियाको जहाज पठायो

डिसी नेपाल
१० फागुन २०७८ ११:४७

काठमाडौं। युक्रेन र रुसबीच गहिरिँदो संकटका बीच अस्ट्रेलियाले आफ्नो दूतावासका सबै अधिकारी र कर्मचारीहरुलाई त्यहाँबाट बाहिर निकालेको छ । अस्ट्रेलियाले आफ्ना अधिकारी र कर्मचारीहरुलाई पोल्याण्ड र रोमानिया पठाएको छ । विदेशमन्त्री मेरिस पायनले एक बयान जारी गर्दै यसको जानकारी दिएकी छिन् ।

युक्रेनमा अस्ट्रेलियाको दूतावास र त्यहाँको कामकाज अहिलेलाई बन्द छ । युक्रेन छोड्ने कोसिस गरिरहेका अस्ट्रेलियाली नागरिकहरुको सहयोगको लागि कर्मचारीहरुलाई रोमानिया पठाइएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले पनि सुरक्षा कारणलाई मध्यनजर गर्दै युक्रेनमा बाँकी रहेका अमेरिकी कूटनीतिज्ञहरुलाई पोल्याण्डको लुभ्यो पठाइएको पुष्टि गरेका छन् ।

भारतले पनि युक्रेनमा रहेका भारतीयलाई त्यहाँबाट भारत ल्याउने निर्णय गरेको छ । भारतले एयर इण्डियाको विशेष विमान युक्रेन पठाइसकेको छ । पीबीएनएसका अनुसार एयर इण्डियाले भारत र युक्रेनबीच ३ विमान संचालन गर्नेछ । एउटा विमान मंगलबार युक्रेनतर्फ गइसकेको छ । अर्को विमान बुधबार र तेस्रो विमान शुक्रबार जानेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *