रुसी सेना युक्रेनमा प्रवेश गर्यो
काठमाडौं। रुसको सेना युक्रेनका २ प्रान्त लुहान्स्क र डुनेट्स्क (डोनाबास क्षेत्र) मा प्रवेश गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले १३ घण्टा अगाडि युक्रेनका यी राज्यहरुलाई स्वतन्त्र देश घोषित गरेका थिए । त्यसपछि रुसी सेनाका ट्यांक यी षेत्रतिर बढेका थिए । पुटिनले डोनाबास इलाका र पृथकतावादीको नियन्त्रणका षेत्रमा शान्ति कायम गर्नको लागि सेना पठाउन जरुरी रहेको बताएका थिए ।
यही बीच बेलायतले युक्रेनमा रुसको घुसपैठको पुष्टि गरेको छ । बेलायती स्वास्थ्य सचिव साजिद जाविदले भने ‘युक्रेनमा रुसी आक्रमण सुरु भएको छ ।’ अर्कोतर्फ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन् ‘हामी रुसको यो कदमबाट डराउँदैनौं । हामीले कसैसँग केही लिएका छैनौं र कसैलाई केही पनि दिँदैनौं ।’
जेलेन्स्कीले रुसको यो घोषणा र खतराका बावजुद युक्रेनका अन्तर्राष्ट्रिउ सीमाहरु पहिले जस्ता थिए त्यस्तै भएको र यस्तै कायम रहिरहने बताएका छन् । युक्रेनका २ प्रान्तहरुलाई स्वतन्त्र घोषित गर्ने पुटिनको कदमपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले आपतकालीन बैठक बोलाएको थियो ।







डिसी नेपाल







Facebook Comment