युक्रेन संकट : रुसी राष्ट्रपतिको आदेशपछि अहिलेसम्म के–के भयो ?

डिसी नेपाल
११ फागुन २०७८ १०:३२
92
Shares

काठमाडौं। सोमबार राती रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका पृथकतावादीको नियन्त्रणमा रहेका क्षेत्रलाई स्वतन्त्र राष्ट्रको मान्यता दिए । पुटिने लुहान्स्क र दोनेत्स्क क्षेत्र अर्थात समग्रमा डोनाबार भनिने क्षेत्रलाई स्वतन्त्र देशको मान्यता दिँदै त्यहाँ आफ्नो सेना पठाउने आदेश दिए । यससँगै युक्रेन संकटमा नयाँ मोड आएको छ ।

पुटिनका अनुसार डोनाबारमा रुसी सेना शान्ति रक्षकको रुपमा पठाइँदैछ । तर, अमेरिकाले भने यसलाई आक्रमणको सुरुवात भनेको छ । रुसको संसदको माथिल्लो सदनले पनि पुटिनको आदेश अनुमोदन गर्दै उनलाई देशबाहिर सेना तैनाथ गर्ने अधिकार दिएको छ ।

एउटा पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई नेटो गठबन्धनमा सहभागी गराउन नहुने आफ्नो माग दोहोर्याएका छन् । यसलगत्तै अमेरिका समेत कैयौं पश्चिमी देशहरुले रुसविरुद्ध प्रतिबन्ध घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अबेर राती दुई वित्तिय संस्थाहरु भीइबी र रुसी मिलिट्री बैंकविरुद्ध प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले रुसी अर्थव्यवस्थाका केही भागहरुलाई अन्तर्राष्ट्रिय वित्तिय व्यवस्थाबाट हटाउन लागिएको पनि बताएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसका ५ बैंकहरु र तीन अर्बपतिहरुमाथि प्रतिबन्ध लगाएका छन् । युरोपेली संघले सर्वसम्मतिले आफ्ना पहिलेका उपायहरुमा सहमति व्यक्त गरेको छ जसमा रुसका ती सांसदहरुलाई सक्ष्य बनाउनु पनि समावेश छ जसले युक्रेनका विषयमा पुटिनको निर्णयमा आफ्नो सहमति दिएका थिए ।

जर्मनीले नर्ड स्ट्रिम २ नामक एक अहम ग्यास पाइपलाइन परियोजना रोकिदिएको छ । हंगेरीले युक्रेनसँग जोडिएको आफ्नो सीमामा सैनिक तैनाथ गर्ने घोषणा गरेको छ । नेटो प्रमुखले अहिले पनि ढिलो नभएको बताउँदै रुसलाई आफ्नो योजना बदल्न भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *