पश्चिम रुसमा फौज परिचालन भएको स्याटलाईट तस्विर सार्वजनिक

डिसी नेपाल
११ फागुन २०७८ १२:०८
648
Shares

मस्को। अमेरिकी अन्तरिक्ष प्राविधिक कम्पनी म्याक्सर टेक्नोलोजीले पश्चिम रुसमा नयाँ फौज र हतियार परिचालन भएको स्याटलाईट तस्विरहरु सार्वजनिक गरेको छ । युक्रेनसँगको सीमामा रहेको बेलारुसमा १०० भन्दा बढी गाडीहरुसमेत कम्पनीले सार्वजनिक गरेको तस्बिरमा देख्न सकिन्छ ।

केही दिनअघि रुस र बेलारुसले बेलारुसको भूमिमा बृहत सैन्य अभ्यास गरेका थिए । सो तस्विरबारे दुबै देशले कुनै टिप्पणी गरेको छैन् ।

रुसी सेनाले युक्रेनलाई घेरा हालेको अनुमान तस्विरका आधारमा गरिएको छ । यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रुसी अतिक्रमण सुरु भइसकेको टिप्पणी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *