काम अघि नबढाएको भन्दै चिनियाँ ठेकेदारविरुद्ध स्थानीय आन्दोलित, नियन्त्रणमा लिए दर्जनबढी सवारी र उपकरण

डिसी नेपाल
११ फागुन २०७८ २०:४३

सप्तरी । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका महुलीमा चाइना रेल्वे कम्पनीको दर्जनौं सवारी साधनलाई बुधबार स्थानीयले नियन्त्रणमा लिएका छ्न् । कञ्चनपुर-कमला सडक परियोजनाको ठेक्का लिएको कम्पनीको साधानहरु स्थानीले नियन्त्रणमा लिएका हुन्।

कम्पनीले छ्लेनको बाटो निर्माणका लागि भन्दै बजार क्षेत्रमा खालि गरि महिनौंसम्म पनि काम अगाडि नबढाउँदा आवतजावत गर्न समस्या भएपछि सडक निर्माणको माग गर्दै आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीयहले बताएका छ्न् ।

बजारमा रहेको नाला, भौतिक संरचना तोडफोड गरि खालि गरेको महिनौंसम्म सडक निर्माण काम सडक निर्माणको कार्य अलपत्र छोडेपछि बजार क्षेत्र दुर्गन्धित भएर आवतजावतमा समस्या भएपछि आन्दोलित हुन बाध्य भएको स्थानीय रमेश चौधरीले बताए ।

सडक निर्माणको कार्य छिटो सुरु गर्नुपर्ने मागसहित आन्दोलित स्थानीयवासीले चाइना रेल्वे कम्पनीको डोजर, टिप्पर, ट्याक्टर, लोडर, जिप नियन्त्रणमा लिएका हुन् ।

स्थानीयले निर्माणका साधनहरु नियन्त्रणमा लिएपछि सडक निर्माणको कार्यमा खटिएका दर्जनौं मजदूरहरु अलपत्र परेका छ्न् ।

पूर्वपश्चिम राजमार्ग खण्डमा सप्तरीको कञ्चनपुरदेखि सिरहालाई धनुषाको सीमासँग जोड्ने कमला( कञ्चनपुर सडक खण्ड निर्माणका लागि चिनियाँ कम्पनीले ठेक्का पाएको थियो ।

कमला-कञ्चनपुर सडकका दुई ठेक्कामा चाइना रेलवे नम्बर २ इन्जिनियरिङ कर्पोरेशन लिमिटेड छेन्दु छनोट भएको थियो। करिब ८६ किलोमिटर दुरीको यो सडक कञ्चनपुरदेखि कुशाहा (४० किमी) र कुशाहादेखि कमला (४६ किमी) दुइवटा खण्ड छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *