लागूऔषधसहित दुई जना पक्राउ

डिसी नेपाल
११ फागुन २०७८ २१:३८

सप्तरी । सप्तरी प्रहरीले लागूऔषधसहित दुई जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-१३ लक्ष्मीपुर बस्ने २६ वर्षीय सुमित चौधरी र चौदण्डी नगरपालिका वडा नम्बर बस्ने ३४ वर्षीय विधानन्द चौधरी रहेका छन् ।

फतेपुरतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प ४५९३ नम्बरको मोटरसाइकलमा लुकाएर लागूऔषध ब्राउन जस्तो देखिने खैरो पदार्थसहित मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता माधवप्रसाद काफ्ले जानकारी दिएका छन् ।

उनीहरूलाई सप्तरी सप्तकोसी नगरपालिका वडा नम्बर २ सखुवनीस्थित कञ्चनपुर फतेपुर आवतजावत गर्ने सडक खण्डमा फत्तेपुर प्रहरी चौकीबाट खटिएको प्रहरी गस्ती टोलिले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *