नेकपा एसका मन्त्री एमसीसीको पक्षमा, नेताहरू विपक्षमा
काठमाडौं। सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरू एमसीसीको पक्षमा उभिँदा नेताहरू भने विपक्षमा देखिएका छन्।
नेकपा एसबाट सरकारमा सहभागी भएका मन्त्रीहरू एमसीसी सदनबाट अनुमोदन गराउनु पर्ने पक्षमा छन् । शीर्ष नेताहरू एमसीसीको विपक्षमा उभिँदै कार्यकर्तालाई सडकमा उतारेका छन्।
नेकपा एसबाट सरकारमा सहभागी मन्त्रीहरू किसान श्रेष्ठ, रामकुमारी झाँक्री र प्रेमबहादुर आले एमसीसीको पक्षमा छन्। तर, शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमसीसीको विपक्षमा छन् ।
अध्यक्ष माधवकुमार नेपाल पक्ष वा विपक्षमा स्पष्ट रुपमा खुलेका छैनन् । तर, पार्टीको निर्देशनमा नेकपा एसनिकट भ्रातृ संगठनका नेता कार्यकर्तामा एमसीसीविरुद्ध सडकमा उत्रिएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment