हृदयेश त्रिपाठी समूहले एमसीसीको पक्षमा मतदान गर्ने

डिसी नेपाल
१२ फागुन २०७८ १२:३४
116
Shares

काठमाडौं। हृदयेश त्रिपाठी समूह अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिएको छ। एमसीसीमाथिको छलफलमा भाग लिएर त्रिपाठी समूहले पक्षमा मतदान गर्ने भएको छ।

त्रिपाठीको अध्यक्षतामा जनप्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता छ। सो पार्टीसँग अहिले दुई सांसद छन्। ‘बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा एमसीसी माग गरेका हौं । त्यो सरकारमा म पनि सहभागी थिएँ,’ त्रिपाठीले भने, ‘एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गर्दा केपी ओली सरकारमा म पनि थिएँ । मैले नैतिकहीन हुने काम गर्नु हुन्न । हाम्रो पार्टी एमसीसीको पक्षमा छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *