द्वन्द्वको अवस्था सिर्जना गर्ने एमसीसी खारेज गरौंः सामाजिक विकास मन्त्री राई

डिसी नेपाल
१२ फागुन २०७८ २०:५०

ओखलढुंगा । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य राजन राईले सामाजिक सद्भाव भड्काउने र नागरिकलाई विभाजन गर्ने गरी ल्याइएका सम्झौता रद्द गर्नु पर्ने बताएका छन् ।

मन्त्री राईको सम्मानमा एकीकृत समाजवादीको युवा संगठन युवा संघ नेपालले आयोजना गरेको सम्मान कार्यक्रमलाई बिहीबार ओखलढुंगा सदरमुकाममा सम्बोधन गर्दै मन्त्री राईले अमेरिकी सहयोग परियोजना एमसीसी सदनबाट खारेज गर्नु पर्ने बताए ।

उनले एमसीसीका कारण नेपाली समाजमा सद्भाव भड्काउने र द्वन्द्व निम्त्याउने गरी बहस सुरु भएको भन्दै हिंसा निम्त्याउने खेल भइरहेको उनको आशंका छ । समाजमा विभाजन ल्याउने परियोजना नेपाललाई आवश्यक नरहेको उनले बताए ।

एकीकृत समाजवादीका कार्यकर्ता भेटघाट तथा चुनावका रणनीतिबारे छलफल गर्न मन्त्री राई ओखलढुंगा आएका थिए । दुई दिन जिल्ला बसेका राई कार्यकर्तासँग चुनाव केन्द्रित रणनीतिक छलफलमा केन्द्रित रहेको एकिकृत समाजवादीका जिल्ला अध्यक्ष हंशराज वाग्लेले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *