क्रसर उद्योगमा आगलागी, २० लाखको क्षति

डिसी नेपाल
१३ फागुन २०७८ १०:०४

सर्लाही। सर्लाहीको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी भएको छ। उक्त आगलागी हुँदा २० लाख रुपैयाँबराबरको क्षति भएको छ ।

सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *