संसद बैठक आइतबारलाई सर्यो
काठमाडौं। प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको बैठक आइतबार बस्ने गरी सारिएको छ।
सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो।
कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबारका लागि सारिएको थिथो।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment