सुत्केरीको घर-घरमा कोसेली 

डिसी नेपाल
१३ फागुन २०७८ १७:११
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङ यतिबेला निकै व्यस्त छिन् । घर-घरमा स्वास्थ्यकर्मी र साथमा कोसेली लिएर प्रत्येक सुत्केरी भेट्घाट कार्यक्रमा व्यस्त भएकी छिन् ।

उनले गत वर्ष  देखि ‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ सुरुवात गरेकी हुन् । सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममा सुत्केरीलाई पोषिलो खाद्य पदार्थ र स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै आएको गुरुङले बताइन् ।

खाद्य पदार्थ अन्तर्गत चना मटर चार केजी र हर्लिक्ससहित स्वास्थ्य सामग्री, नवजाता शिशुको लागि न्यानो कपडा, सुत्केरीको लागि सरसफाईको लागि साबुन, नङ काट्ने, प्याड र भित्र फेर्ने कपडा सुत्केरी भएको २० दिन भित्र प्रत्येक सुत्केरीको घरमा पुर्‍याउँदै आएको गुरुङले बताइन् ।

गत साउनदेखि अहिलेसम्ममा १०४  जना सुत्केरीको घरमा पुगेर कोशेली उपलब्ध गराइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *