खोटाङ ऐसेलुखर्कका दुई विद्यालयको आरसीसी भवन शिलान्यास

डिसी नेपाल
१३ फागुन २०७८ १८:४७

 खोटाङ ।  खोटाङको ऐसेलुखर्क गाउँपालिकाको दुई विद्यालयमा आरसीसी भवन शिलान्यास गरिएको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित त्रिभुवन मावि र ऐसेलुखर्क गाउँपालिका–७ माक्पास्थित माक्पा माविमा दुई कोठे आरसीसी भवन शिलान्यास गरिएको हो ।

रोटरी क्लव अफ द हिमालयन गोर्खाजको १५ लाख र गाउँपालिकाको १० लाख गरी २५/२५ लाखको लागतमा निर्माण गर्नेगरी आरसीसी भवन शिलान्यास गरिएको हो । त्रिभुवन माविमा रोटरी क्लव अफ द हिमालयन गोर्खाजका अध्यक्ष सतबहादुर गुरुङ र गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बिहीबार भवन शिलान्यास गरेका छन् । दुई वटा भवन आगामी वैशाखसम्ममा सम्पन्न गर्ने सम्झौता छ । भवन निर्माणका लागि रोटरी क्लव अफ द हिमालयन गोर्खाजले चार/चार लाखको चेक हस्तान्तरण गरेको छ ।

यस्तै, रोटरी क्लव अफ द हिमालयन गोर्खाजले त्रिभुवन माविमा अपांगमैत्री पाँच कोठे शौचालय निर्माण गरिदिएको छ । २३ लाख ६९ हजार १२९ लागतमा अपांगमैत्री पाँच कोठे शौचालय निर्माण गरिदिएको हो । निर्माण भएको शौचालय रोटरी क्लव अफ द हिमालयन गोर्खाजका अध्यक्ष गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र राजभण्डारीलाई हस्तान्तरण गरेका छन् ।

रोटरी क्लव अफ द हिमालयन गोर्खाजले १२ वर्षमाथिका छात्रालाई वितरण गर्नेगरी पुनः प्रयोग गर्न मिल्ने सेनीटरी प्याड हस्तान्तरण गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *