इंग्लिस प्रिमियर लिग : सिटीले एभर्टनलाई हरायो
काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एभर्टनलाई हराएकाे छ। शनिबार राति भएकाे खेलमा सिटीले एभर्टनलाई १-० अन्तरले पराजित गरेको हाे। रोमाञ्चक बनेको खेलमा सिटीलाई जिताउन फिल फोडेनले खेलको ८१औं मिनेटमा निर्णायक गोल गरे।
जितसँगै सिटीले २७ खेलमा ६६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। एभर्टन २२ अंक जोडेर १७ औं स्थानमा छ। राति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड वाटफोर्डसँग गोल रहित बराबरीमा रोकियो । एस्टन भिल्लाले ब्राइटन र न्युक्यासल युनाइटेडले ब्रेन्टफोर्डलाई समान २-० अन्तरले पराजित गरेकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment