प्रचण्डको ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णयप्रति नारायणकाजी श्रेष्ठको गम्भिर असहमति

डिसी नेपाल
१५ फागुन २०७८ १२:०५
1.1k
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आइतबार विहान पार्टीले गरेको ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति गम्भिर असहमति जनाएका छन्।

यसअघि एमसीसीको विरोध गर्दै आएको माओवादी केन्द्रले आइतबार विहान बसेको बैठकमा ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो। ‘पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन्।

माओवादी केन्द्रले यसअघि एमसीसीलाई हालकै अवस्थामा अनुमोदन गर्न नसकिने निर्णय गरेको थियो । एमसीसी सम्झौताको केही बुँदा संशोधन गरेर मात्र अनुमोदन गर्ने अडान माओवादीले लिएको थियो।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको बिपक्षमा मतदान गरे गठबन्धन तोड्ने बताएपछि माओवादीको आजको बैठकले ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको थियो।

‘आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखि सकेका छौं । यो महाधिवेशनको बिरुद्ध छ र गलत छ,’ श्रेष्ठले भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *