नेपाली कांग्रेसको ६ जिल्लाको अधिवेशन जारी

डिसी नेपाल
१६ फागुन २०७८ १२:४१
76
Shares

काठमाडौं। नेपाली कांग्रेसको जिल्ला अधिवेशनअन्तर्गत सोमबार ६ जिल्लामा अधिवेशन भइरहेको छ। अधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको हो। क्रियाशील सदस्यता विवादका कारण रोकिएका पर्सा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, कैलाली र मकवानपुरको अधिवेशन भइरहेको हो।

पार्टीले दिएको निर्देशनअनुसार सोमबार सो जिल्लामा अधिवेशन भइरहेको पार्टी केन्द्रीय कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता केशव रिजालले जानकारी दिए।

निर्वाचन कार्यतालिकाअनुसार आइतबार मनोनयन दर्ता, दाबी बिरोध तथा उम्मेद्वारको अन्तिम नामावाली प्रकाशन गरिएको थियो भने सोमबार मतदान भइरहेको हो।

नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर पार्टीको १४औं महाधिवेशन सम्पन्न गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *