खोटाङका १० मध्ये नौ पालिकामा एकीकृत समाजवादीको पालिका कमिटी गठन

डिसी नेपाल
१७ फागुन २०७८ २२:२४

खोटाङ । नेकपा (एकीकृत समाजवादी) खोटाङले १० पालिकामध्ये नौ पालिकामा पालिका स्तरीय कमिटी गठन गरेको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, बराहपोखरी गाउँपालिका र साकेला गाउँपालिका पालिका स्तरीय कमिटी गठन गरिएको हो ।

मंगलबार खोटेहाङ गाउँपालिकामा तिर्थ प्रधानको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी)को ३५ सदस्यीय पालिका अधिवेशन आयोजक कमिटी गठन गरिएको छ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बबी चाम्लिङको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष जलसेर राईको विशेष आतिथ्यतामा पालिका अधिबेसन आयोजक कमिटी गठन गरिएको हो ।

पालिका अधिवेशन आयोजक कमिटी गठनका क्रममा नेकपा (एकीकृत समाजवादी)का प्रदेश कमिटी सदस्य तारानाथ दाहाल, श्यामराज राई, मिलन श्रेष्ठ, जिल्ला उपाध्यक्ष नरेशकुमार राई लगायतको उपस्थिति रहेको थियो । नेकपा (एकीकृत समाजवादी)का अनुसार अव रावाबेँसी गाउँपालिकामा मात्र पालिका कमिटी बिस्तार गर्न बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *