ट्रयाक्टरको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

डिसी नेपाल
१८ फागुन २०७८ १०:२१

 इनरूवा।  सुनसरीमा ट्रयाक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । ट्र्याक्टरको ठक्करबाट स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादवको मृत्यु भएको हो ।

सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित रामजानकी मन्दिरको प्राङ्गणमा गए राति प्र१–०२–००३त १०३३ नंको ट्र्याक्टरले यादवलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *