अरुण नदीमा पुल अलपत्र पार्ने ठेकदार कम्पनीको ठेक्का रद्द गर्छौंः मुख्यमन्त्री राई

डिसी नेपाल
१८ फागुन २०७८ २०:२२

संखुवासभा । मुख्यमन्त्री राजेन्द्र राईले संखुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटस्थित अरुण नदीमा पुल निर्माण अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्दे कारबाही गर्ने बताएका छन् ।

मुख्यमन्त्री राईले अरुण नदीको अलपत्र पक्की पुल अनुगमन सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री राईले बुधबार ११ बर्ष अघि निर्माण थालिएको संखुवासभा र भोजपुर जोड्ने लम्सुवाघाट स्थित अरुण नदीको अलपत्र पक्की पुलको अनुगमन गरेका हुन् । स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा निर्माण सुरु गरिएको पुल निर्माण विभिन्न कारण देखाउँदै बीचमै काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण अलपत्र बनेको छ । २०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने १ सय ६७ मिटर लामो यो पुलमा ६ वटा पिलर आधा मात्रै उठाइएको छ ।

अलपत्र पुल अनुगमन गर्दे मुख्यमन्त्रीराईले हालसम्मको प्रगति अवस्थाको बारेमा जानकारी लिएका थिए । लम्सुवाघाटको अरुण नदीमा तीन बर्ष भित्र पुल निर्माण सम्पन्न गर्न सम्झौता भएपनि हालसम्म ३० प्रतिशत मात्र काम सकिएको छ ।

अलपत्र पुलको अनुगमन गर्दे मुख्यमन्त्रीराईले डिजाइन अनुसार पुल निर्माण हुन सक्ने अवस्था नभएको भन्दै ठेक्का सम्झौता रद्द गरेर कार्रवाहीका लागि संघीय सरकारलाई सिफारिस गर्ने उनले बताए ।

अहिलेको अवस्थामा यहाँ पुल बन्न नसक्ने भएका कारण नयाँ ठेक्का गर्न वा ठाउँ चेन्ज गर्न भन्ने चाडै निश्र्कष निकालिने मुख्ममन्त्री राईले बताए ।

स्वच्छन्द निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गर्न भन्दै पछिल्लो पटक २०७७ पुष १३ गते सम्म म्यादथप गरेको थियो । १४ करोड ७५ लाख ११ हजार रुपैयाँमा सम्झौता भएको पक्की पुल हालसम्म खर्च ३ करोड ८५ लाख २२ हजार रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ ।

पुलको जमिनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको जनाएको छ । लामो समय निर्माण कार्य रोकिएपछि डिजाइन परिर्वतनका लागि समय पनि थपिएको थियो । पुल अनुगमनमा संखुवासभा जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिका उपप्रमुख डेगेश्वरी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा लगायतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *