पाँचपोखरी टि २० जिल्लास्तरीय प्रतियोगिताको फाइनल आज
सिन्धुपाल्चाेक। मूलपानी मैदानमा जारी पाँचपोखरी टि २० जिल्लास्तरीय प्रतियोगिताको अन्तिम चरणको खेलमा आज पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी भोताङ क्रिकेट टोली भिड्ने भएका छन्।
उक्त क्लवले पहिलो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई तीन विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो भोताङ क्रिकेट टोलीले सानु सिरुवारीलाई ७० रनले हराउँदै फाइनलमा उक्लिएको थियो। प्रतियोगितामा सात टोली सहभागी थिए। अन्तिम चरणको खेल आज हुने भएको छ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले खेलकुद आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए।
गाउँपालिकाले २०७४ सालदेखि निरन्तररुपमा ‘जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका तीन वटा संस्करण सम्पन्न गरिसकेको छ। विश्वमै देखिएको कोरोना महामारीका कारण चौथो संस्करण स्थगित भएकामा सो प्रतियोगितालाई प्रोत्साहन गर्न उक्त गाउँपालिकाका आठवटै वडामा क्रिकेट खेलकुद सामग्री वितरण गरिएको थियो।
प्रतियोगितालाई निरन्तरता तथा समयसापेक्ष परिमार्जित गर्दै यस वर्ष उक्त प्रतियोगिताको नाम र खेलको संरचना परिवर्तन गरी पाँचपोखरी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएकोे उनले बताए।
विगतका वर्षमा गाउँपालिकामा नै सञ्चालन भइरहेको उक्त प्रतियोगितालाई यस वर्ष काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा खेल आयोजना गरिएकोे खेलकूद विकास समितिले जानकारी दिएको छ । उक्त प्रतियोगितमा विजेताले रु ७५ हजार र उपविजेताले रु ४० हजार प्राप्त गर्नेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment