यस्तो छ कोरियन अभिनेत्रीहरूकाे डाइट प्लान
काठमाडौं। जाडोको बिदाईसँगै गर्मीको मौसम सुरु भइसकेको छ। गर्मीको सुरुवातसँगै फिटनेसको रुटिनलाई पछ्याउनेको संख्या पनि बढिरहेको छ । हामी सबैका लागि अभ्यास र डाइट अत्यावश्यक छ।
कोरियाका अभिनेत्रीहरु हालका दिनमा ओटीटी प्लेटफर्म र सामाजिक सञ्जालमा निकै छाइरहेका छन्। कोरियन शोहरुको माग बढ्दो छ। कोरियन महिला सेलिब्रेटीहरु सुन्दरता र फिटनेसमा उत्तिकै ध्यान दिन्छन् । यहाँ केही लोकप्रिय कोरियन गायिकाहरुको डाइटको बारेमा प्रस्तुत गरिएको छ।
फिल्म ‘आर्किटेक्चर १०१’ की अभिनेत्री तथा गायिका बाइ सु-जी उर्फ बाइ सुजीलाई आफ्नो सुन्दरताका लागि ‘नेसन्स फस्र्ट लभ’को उपाधि दिइएको छ। यो उपाधि उनले आफ्नो वजन घटाएवापत पाएकी हुन्। उनी नास्तामा एक गुलियो आलु, चिकन ब्रेस्ट र कम फ्याटवाला दुध खान्छिन्। खानामा ब्राउन चामल र सलाद खान्छिन् र डिनरमा दुई गुलियो आलु खान्छिन्।
ली जी-उन उर्फ आइयू कोरियाकी अर्की चर्चित गायिका हुन्। जब आइयू पहिलोपटक टेलिभिजनमा देखिएकी थिइन्, उनको शरीर निकै मोटो थियो । उनले आफ्नो करियरको सुरुवात १५ वर्षको उमेरमा गरेकी थिइन्। मोटो शरीरलाई घटाउनका लागि उनले स्ट्रिक्ट डाइट फलो गरिन्।
आइयूको डाइटको कुरा गर्दा उनी नास्तामा एक स्याउ खान्छिन्। लञ्चमा एक गुलियो आलु र डिनरमा एक कप प्रोटीन शेक खान्छिन्। उनी यति खानेकुरा खाएर दिनभर काम गर्न सक्छिन्।
डाभिची पप डुओकी गायिका काङ मिन-क्युङ पनि फिटनेसका लागि लोकप्रिय छिन्। उनलाई पेस्ट्रीज निकै मनपर्छ। यहीकारण आफ्नो करियरको सुरुवातमा उनी निकै मोटी थिइन्। आफूलाई पहिलोपटक टेलिभिजनमा देख्दा आफैं चकित भएपछि उनले डाइट सुरु गर्ने निर्णय लिइन्।
उनको डाइट निकै साधारण छ। उनी नास्तामा एक गुलियो आलु, एक कप कम फ्याटवाला दुध र चिकन ब्रेस्ट सलाद लिन्छिन्। लञ्चमा एक स्याउ र दुई गुलियो आलु खान्छिन् तथा डिनरमा एक कप लो फ्याट मिल्क, तीन चेरी, टमाटर र एक गुलियो आलु लिन्छिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment